च्याम्पियन्स लिग
चेल्सी र काराबाग एफकेबिचको खेल बराबरीमा टुङ्गियो
बिहीबार, २० कात्तिक २०८२, ०१ : २८
सारांश
- च्याम्पियन्स लिग फुटबलमा चेल्सी र काराबागबीचको खेल २-२ को बराबरीमा टुङ्गियो।
- चेल्सीका इस्टेभाओले १६औँ मिनेटमा गोल गरे भने काराबागका आन्द्रादे र जान्कोभिचले गोल फर्काए।
- गर्नाचोले ५३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए, जसले दुवै टोलीलाई अंक बाँड्न बाध्य बनायो।
काठमाडौँ । नेपाली समय अनुसार बुधबार राति सम्पन्न युरोपियन च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब चेल्सी र अजरबैजानी क्लब काराबाग एफकेबीचको खेल २-२ को बराबरीमा टुङ्गिएको छ।
खेलको सुरुवातमै चेल्सीका इस्टेभाओले १६ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर घरेलु मैदानमा खेलिरहेको काराबागले २९औँ मिनेटमा ल्यान्ड्रो आन्द्रादे मार्फत बराबरी गोल फर्कायो। त्यसपछि ३९औँ मिनेटमा मार्को जान्कोभिचले पेनाल्टीमार्फत गोल गर्दै काराबागलाई अग्रता दिलाए।
तर दोस्रो हाफमा चेल्सीका आलेखान्द्रो गर्नाचोले ५३औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई २–२ मा ल्याए।
नतिजासँगै दुवै टोलीले एक-एक अङ्क बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
-
गैरकानुनी व्यापार व्यवसाय गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
-
कर्णालीमा सत्ता संकटः कांग्रेस–एमाले गठबन्धनमा कसबाट भयो धोखाधडी ?
-
कांग्रेसले कसरी मनाउँदैछ वीपी स्मृति दिवस ?
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण