मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेपाली सेनाले मनायो युएन दिवस

बिहीबार, २० कात्तिक २०८२, १८ : ५६
बिहीबार, २० कात्तिक २०८२

काठमाडौँ । नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ (युएन) दिवस श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ । 

बिहीबार प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा विशेष समारोहकाबिच सेनाले युएन दिवस मनाएको हो ।

कार्यक्रममा कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, लगायत सबै सुरक्षा निकायका प्रमुखहरू तथा परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रहरूका सैनिक सहचारीहरू, सञ्चारकर्मीहरू लगायत नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।  

संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप