जेनजी युवाका नाममा विध्वंस अरूले नै मच्चाए : केपी ओली
सारांश
- केपी शर्मा ओलीले जेनजी युवाहरूको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताए।
- ओलीले युवाहरूका जायज मागहरूलाई ओझेलमा पार्ने काम भएको र विध्वंस अरू कसैले गरेको आरोप लगाए।
- उनले युवा संघले सञ्चारकर्मीको सुरक्षा गर्नुपर्ने र जनतालाई आश्वस्त पार्नुपर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी युवाहरूले भदौ २३ गते गरेको आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भएको बताएका छन् ।
आइतबार राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले युवाहरूलाई भजाउन र युवा सेन्टिमेन्ट भड्काउन जेनेरेसन जेड जेनजी भनेर चलाइएको समेत बताए ।
‘युवाहरूले राम्रा माग राखेर भदौ २३ गते आन्दोलन आह्वान गर्नुभएको थियो’, पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘माइतीघरदेखि नै युवाहरूका माग र मुद्दा खोसाखोस चलिरहेको थियो ।’
उनले युवाहरू माइतीघर मण्डलामा पुग्नुभन्दा अघि नै उनीहरूका मुद्दा, माग र आन्दोलन खोस्ने तत्त्वहरू त्यहाँ जम्मा भइसकेको दाबी गरे ।
‘अझ युवाहरूले जसोतसो होटल एभरेष्टसम्म आन्दोलनलाई पुर्याएका थिए’, ओलीले भने, ‘त्यसपछि निषेधाज्ञा तोड्ने,व्यारिकेट तोड्ने,अवज्ञा गर्ने र भिडन्तको राजनीति गर्ने काम भयो ।’
त्यसक्रममा युवाहरूका जायज मागहरुहरुलाई भुईँमा क्षतविक्षत हुने गरी पछार्ने र अरू उग्रवादी धारणा र मागका क्रियाकलाप अगाडि बढेको बताए ।
‘युवाका नाममा विध्वंस अरूले नै मच्चाए । २४ गते देशभरी जुन आगलागी र तोडफोड भयो, अगाडिदेखि नै सर्वे गरेर चिह्न लगाएर पठाइएको छ’,ओलीले भने, ‘त्यो २३ गतेको प्रतिक्रिया होइन, तयारी हो ।’
अध्यक्ष ओलीले जेनजी आन्दोलनका नाममा कोही पानी खुवाएर त कोही काला ज्याकेट लगाएर नेता बनेको भन्दै तिनलाई मन नपर्ने समाचार दियो भने सञ्चारकर्मीलाई नै धम्की आउन थालेको बताए ।
उनले सञ्चारकर्मीको सुरक्षा युवा सङ्घले दिनुपर्ने अवस्था आएको, प्रहरी र जनता त्रसित भएको अवस्थामा युवा संघले आश्वस्त पार्न सक्नुपर्ने बताए ।
युवाहरूका नाममा प्रतिगमन गरिएको भन्दै अपराधिक तत्त्वहरू कोही युवा भएपनि उनीहरू कुनै जिम्मेवार र सङ्गठित युवा नभएको ओलीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण