आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

करिब ५० ग्राम सुनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

आइतबार, २३ कात्तिक २०८२, १९ : ५५
आइतबार, २३ कात्तिक २०८२

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ५० ग्राम सुन सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पश्चिम बङ्गाल घर भएर चाबहिल बस्ने ३८ वर्षीय अमिया अडाक छन् ।

विदेशबाट ल्याएको सुन रिसिभ गरेर लैजाने क्रममा उनलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए ।

शनिबार पार्किङ एरियाबाट पक्राउ परेका भारतीयको साथबाट प्रहरीले औँठी आकारका दुई थान सुन बरामद गरेको छ । प्रहरीले सो सुन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप