आईपीएलमा ठुलो अदलाबदली हुने सङ्केत
सारांश
- राजस्थान रोयल्सले सञ्जु सामसनलाई चेन्नई सुपर किंग्समा पठाउने तयारी गरेको छ।
- चेन्नईबाट रविन्द्र जडेजा र साम करन राजस्थान आउने सम्भावना रहेको छ।
- सामसन र जडेजा लामो समयदेखि आ-आफ्ना टोलीमा आबद्ध छन् र यो ट्रेड आईपीएल इतिहासकै ठुलो हुन सक्छ।
नयाँ दिल्ली । आईपीएलको इतिहासमा सबैभन्दा ठूला खेलाडी किनबेच (ट्रेड) मध्ये एक हुने सम्भावना बढेको छ। राजस्थान रोयल्सले विकेटकिपर(ब्याट्सम्यान सञ्जु सामसनलाई चेन्नई सुपर किंग्समा पठाउने तयारी गरेको छ।
बदलामा, राजस्थानले चेन्नईबाट अलराउन्डर रविन्द्र जडेजा र साम करनलाई भित्र्याउने बुझिएको छ। ट्रेडमा संलग्न तीनै खेलाडीहरूसँग दुवै फ्रेन्चाइजले कुरा गरिसकेको भए पनि दुवै क्लबले यसको आधिकारिक पुष्टि भने गरेका छैनन्।
ट्रेडका लागि राजस्थान र चेन्नईले सामसन, जडेजा र करनको नामसहितको ‘अभिव्यक्तिपत्र’ आईपीएलको गभर्निङ काउन्सिललाई पठाउनुपर्नेछ। सामसन र जडेजा दुवै लामो समयदेखि आ(आफ्नो टोलीसँग आबद्ध छन्। सामसनले राजस्थानमा ११ सिजन बिताएका छन् भने जडेजा सन् २०१२ देखि चेन्नई को मुख्य हिस्सा रहँदै आएका छन्।
सामसनले आईपीएल २०२५ पछि आफूले टिम परिवर्तन गर्न चाहेको सङ्केत दिएका थिए। जडेजालाई चेन्नईले कप्तान ऋतुराज गायकवाडपछि दोस्रो खेलाडीको रूपमा १८ करोड भारुमा मेगा अक्सनअघि रिटेन गरेको थियो। उनी चेन्नईका पाँचमध्ये तीन उपाधि जित्ने टोलीका सदस्य हुन्।
जडेजाले आईपीएल २०२३ को फाइनलमा गुजरात टाइटन्सविरुद्ध ब्याटिङमा गरेको प्रदर्शन महत्त्वपूर्ण थियो। उक्त सिजनमा उनले २० विकेट लिएका थिए, जुन उनको उत्कृष्ट बलिङ प्रदर्शन थियो।
जडेजाले कुल २५४ आईपीएल म्याच खेलेका छन्, जुन प्रतियोगितामा पाँचौँ धेरै हो। उनी १४३ विकेटसहित चेन्नईका लागि सर्वाधिक विकेट लिने बलर पनि हुन्। चेन्नईबाट यति लामो समयदेखि आबद्ध जडेजा र राजस्थानका कप्तान रहेका सामसनको यो अदलाबदली आईपीएलमा अहिलेसम्मकै चर्चित ट्रेडमध्ये एक हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण