शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

डिप्रेसनमा थिए अभिनेता विजय वर्मा, आमिर खानकी छोरीले गरिन् सहयोग

सोमबार, २४ कात्तिक २०८२, ०७ : ४०
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • बलिउड अभिनेता विजय वर्माले बुबासँगको सम्बन्ध, संघर्ष र डिप्रेसनबारे कुरा गरे।
  • उनले लकडाउनको समयमा डिप्रेसनमा जाँदा आमिर खानकी छोरी आयरा खानले सहयोग गरेको बताए।
  • विजयले घर छोडेर फिल्म क्षेत्रमा लागेको र पछि ‘गली ब्वाय’ फिल्मबाट चर्चा कमाए।

मुम्बई । बलिउड अभिनेता विजय वर्माले हालै आफ्ना पितासँगको सम्बन्ध, संघर्षका दिनहरू र डिप्रेसनका बारेमा खुलेर कुरा गरेका छन्। उनले लकडाउनको समयमा डिप्रेसनमा जाँदा अभिनेता आमिर खानकी छोरी आयरा खानले आफूलाई सहयोग गरेको खुलासा गरेका हुन्।

रिया चक्रवर्तीको पोडकास्टमा विजयले बताएअनुसार, बाल्यकालमा उनका पिता उनलाई मन पर्थे, तर उमेर बढ्दै जाँदा उनको 'कडा, अनप्रेडिक्टेबल र देखावटी' स्वभावका कारण सम्बन्ध बिग्रियो। विजयले किशोरावस्थामा पिताको अनावश्यक हस्तक्षेप र क्रोधले गर्दा आफू आमासँग नजिक भएको बताए।

पिताले व्यापार सम्हाल्न दबाब दिएपछि विजयले घर छोड्ने निर्णय गरे। पिताको इच्छाविपरीत पुणेको भारतीय फिल्म एवं टेलिभिजन संस्थान मा भर्ना हुन उनले पितालाई थाहै नदिई घर छाडेको बताए।

कोर्सपछि पनि काम नपाएर उनले करिब १० वर्षसम्म संघर्ष गरे। सन् २०१९ मा आएको ‘गली ब्वाय’ फिल्मपछि उनको जीवन परिवर्तन भयो। तर, वेब सिरिज 'मिर्जापुर' र 'रोर' बाट पहिचान पाएपछि २०२० को लकडाउनमा सबै काम रोकियो र उनी गम्भीर डिप्रेसन र एन्जाइटीको शिकार भए।

befunky-sample-2025-11-09t164957981_1762687150

डिप्रेसनको त्यो कठिन समयमा विजय एक्लो थिए र सोफाबाट चार दिनसम्म नउठेको बताए। यसैबेला आयरा खानले उनलाई जुममा वर्कआउट गराएर र थेरापी लिन प्रेरित गरेर सहयोग गरिन्। विजयले भने, ‘मेरी हालत बिग्रँदै थियो। आयराले मलाई 'हिँड्न सुरु गर्नुपर्छ' भनिन्। उनी मेरी कोचजस्तै थिइन्।’

आयराले दिएको सल्लाह मान्दै थेरापी सुरु गरेपछि मात्र जीवनमा समझदारी आएको उनले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप