महाभियोग लगाइए फेस गर्न तयार छुः सभामुख मण्डल
सारांश
- मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफूविरुद्धको महाभियोगको सामना गर्न तयार रहेको बताए।
- सभामुख मण्डलले सांसदहरूको महाभियोगबारेको निर्णय उनीहरूको स्वतन्त्रता भएको बताए।
- उनले आफ्नो पद ठूलो नभएको र राजीनामा दिन तयार रहेको तर सांसदहरूलाई कारबाहीको चेतावनी दिए।
जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले आफू विरुद्ध महाभियोगको प्रस्ताव ल्याइए फेस गर्न तयार रहेको बताएका छन् । मंगलबार जनकपुरमा संचारकर्मीहरुसंग कुराकानी गर्दै सभामुख मण्डलले सभामुखविरुद्ध महाभियोग लगाउने विषय सांसदहरूको स्वतन्त्रताको विषय रहेको भन्दै आफू त्यसको सामना गर्न तयार रहेको बताए ।
शनिवार उनले दलीय कार्यकर्ताले जसरी प्रदेशसभा सञ्चालन गरेको आरोप लागेको छ । यही विषमा उनीविरुद्ध महाभियोगको समेत चर्चा भइरहेका बेला मण्डलले त्यसको सामना गर्नका लागि तयार रहेको स्पष्ट गरे ।
उनले आफ्ना लागि पद ठुलो विषय नरहेको भन्दै कमजोरी छ भने राजीनामा दिन पनि तयार रहेको बताए ।
उनले भने ‘मेरा लागि पद ठुलो विषय होइन, यसअघि पनि प्रदेशसभा सदस्य हुँदा त्यस्तो परिस्थिति उत्पन्न हुँदा पदबाट राजीनामा दिएकै हो, यदि सांसदहरू आएर कारणसहित राजीनामाका लागि आग्रह गर्छन् भने त्यसमा विचार गर्न सक्छु ।’
तर, सभामुख मण्डलले शनिवारकै विषयलाई इस्यु बनाउने काम गरे सांसदहरू उल्टै कारबाहीमा पर्नसक्ने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण