एकैदिन थपिए साढे २३ हजार मतदाता, चाप बढेपछि अब २ सिफ्टमा काम
सारांश
- निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताको नाम दर्ता गरेको जनाएको छ।
- मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
- आयोगले सेवाग्राहीको चाप व्यवस्थापनका लागि दैनिक १२ घण्टा सेवा दिने व्यवस्था मिलाएको छ।
काठमाडौँ । निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ। यो तथ्याङ्क गत असोज १० गतेदेखि मंगलबारसम्मको हो ।
मंगलबार एकै दिन २३ हजार ६ सय ३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले मंगलबार नाम दर्ता गराएका हुन् ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा (दैनिक १२ घण्टा) सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।
यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको आयोगले जनाएको छ।
अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण