केपी ओलीले मदन भण्डारीको ठुलो अपमान गरे : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारीको ठुलो अपमान गरेको आरोप लगाएका छन् ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजन भएको एकता समायोजन समारोहमा बोल्दै उनले कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउने नेतामाथि ओलीबाट ठुलो अपमान भएको आरोप लगाए ।
‘कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन लागेका मदन भण्डारी अब अवहेलित भएका छन् । अहिलेको एमालेले मदनलाई अपमान गर्ने र बदनाम गर्ने कोसिस भएको छ । म कमरेड मदन भण्डारीप्रति सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘अहिले एमाले विल्कुल अर्को लाइनमा गएर सहकारी ठगी गरेको, विवाह पनि दुई या चार वटा भएको थियो भनेर केपी ओलीले नै सार्वजनिक रूपमा भन्ने भनेको मदन भण्डारीको यो भन्दा ठुलो अपमान केही हुन सक्छ ।’
प्रचण्डले मदन पत्नी तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई पार्टीको साधारण सदस्य समेत नदिएर रोक्नु राम्रो नभएको जिकिर गरे ।
उनले भने–अहिले कमरेड विद्या भण्डारीले साधारण सदस्य पाउँ भन्दा रोक्ने गरी गएको छ, त्यस्तो एमाले मदनको हुन सक्छ । एमालेभित्रका इमानदार, क्रान्तिकारी नेताहरूलाई अपिल गर्न चाहन्छु । इतिहासको यति ठुलो धोका, यति ठुलो घात पक्कै तपाईँले महसुस गर्नुभएको होला । त्यसकारण १२ वामपन्थीसँग मात्र होइन, तपाईँहरू समेतको विशाल कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले भएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण