एमाले लक्षित प्रचण्डको व्यङ्ग्य : दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा उस्तै मान्छे फर्किए होलान्
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले सोमबार घर फर्क अभियान राखेकोप्रति व्यङ्ग्य गरेका छन् ।
बुधबार राष्ट्रिय सभा गृहमा आयोजना भएको एकता समायोजन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायत नेता फर्किएकोप्रति व्यङ्ग्य गरेका हुन् ।
‘अस्ति यही ठाउँमा घर फर्क कार्यक्रम राखिएको थियो । वास्तवमा डढेको र भत्किएको घरमा के फर्किनु । त्यो दम्भ र अहङ्कारले ध्वस्त भएको घरमा, फर्किने उस्तैउस्तै फर्किए होलान् जस्तो लाग्छ’, उनले भने ।
घर फर्क अभियान कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीले नेपाली कम्युनिस्ट पार्टीलाई वृद्धाश्रम भनिएकोप्रति उनले प्रतिवाद गरे । कार्यक्रममा प्रचण्डले आफ्नै अभिभावकमाथि ओलीले अपमान गरेको बताए ।
‘केपी ओलीजीले यहाँ रहेका नेताहरूलाई वृद्धाश्रम भन्नुभयो । आफ्ना अभिभावकको यो भन्दा ठुलो अपमान के हुन्छ । अर्को मुख्य कुरा जेनजी युवाहरूले भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा शान्तिपूर्ण आन्दोलन गर्दा निर्मम दमन र हत्या गर्नेले अहिले हामीलाई वृद्धाश्रम भन्छन्, त्यसले जेनजी युवाहरूलाई प्रवेश गराएको छ’, उनले भने ।
जसले सुशासनको पक्षमा युवाहरूले आन्दोलन गरे ती जेनजी विद्रोहलाई सबैभन्दा पहिलो आफूहरूले समर्थन गरेका जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण