गुल्मीको आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
बिहीबार, २७ कात्तिक २०८२, १० : ४५
सारांश
- गुल्मीको आँपचौर-शान्तिपुर सडक स्तरोन्नति हुँदैछ।
- सडकखण्डमा सवारी आवागमन बिहान ७ देखि ११ बजे र दिउँसो १२ देखि ५:३० बजेसम्म बन्द रहनेछ।
- चक्रेश्वर मेलालाई ध्यानमा राख्दै वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ।
गुल्मी । आँपचौर–शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि–शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७ः ०० देखि ११ः ०० बजेसम्म र दिउँसो १२ः ०० देखि अपराह्न ५ः ३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त सडक रु ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
-
काठमाडौँले अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिभलको आयोजना गर्ने
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण