शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छ : सञ्चारमन्त्री

शुक्रबार, २८ कात्तिक २०८२, १० : ४०
शुक्रबार, २८ कात्तिक २०८२

सारांश

  • मन्त्री जगदीश खरेलले दक्षिण कोरियामा एआई प्रवर्द्धनबारे जानकारी लिएर नेपालमा एआई विकासका लागि ऊर्जा मिलेको बताए।
  • उनले सूचना प्रविधिमार्फत देशलाई समृद्ध बनाउन एआई उपयोगी हुने र यसले नेपालको एआई केन्द्रलाई सुदृढ गर्ने बताए।
  • मन्त्री खरेलले एआईका अवसर, राष्ट्र निर्माणमा उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गर्ने बताए।

काठमाडौँ । एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई)को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताए । 

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उनले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताए । साथै उनले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताए । 

सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उनले  भने, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान  मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले केन्द्रलाई  प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गरे । साथै उनले एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गरे । सञ्चारमन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप