शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको कार्यसम्पादन समिति बैठक २ घण्टा ढिलो गरी सुरु

शुक्रबार, २८ कात्तिक २०८२, १५ : ३१
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक सुरु भएको छ । दिउँसो १ बजेका लागि ललितपुरको धोविघाटमा बोलाइएको बैठक २ घण्टा ढिलो गरी ३ बजेबाट सुरु भएको हो । 

१ बजेबाट नेताहरू बैठकस्थलमा पुगेका भएपनि महामन्त्री गगन थापा नआएपछि बैठक सुरु हुन सकेको थिएन ।  पार्टीको १५ औँ महाधिवेशन कहिले गर्ने भन्ने टुङ्ग्याउन गत असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक जारी छ ।

केन्द्रीय समितिको कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।

त्यसैदिन उनको कार्यतालिकालाई काउन्टर दिँदै सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए । 

थापाको कार्यतालिकालाई पार्टीभित्रको इतर समूहका नेताहरू र यादवको कार्यतालिकालाई संस्थापनका नेताहरूले केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दा समर्थन गरेपछि विवाद मिल्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप