मानिसलाई १५० वर्षसम्म बाँच्न मद्दत गर्ने चक्की निर्माण गरेको दाबी
सारांश
- चीनको शेन्जेनस्थित एक स्टार्टअपले मानिसलाई १५० वर्षसम्म बाँच्न मद्दत गर्ने चक्की बनाएको दाबी गरेको छ।
- यो चक्कीले बुढ्यौली कोशिकाहरूलाई लक्षित गर्दछ र अंगुरको बियाँबाट निकालिएको अणु प्रयोग गर्दछ।
- कम्पनीले मुसामा गरेको परीक्षणमा औषधीले आयु लम्ब्याउन मद्दत गरेको र चीनमा दीर्घायुप्रतिको चासो बढ्दै गएको जनाएको छ।
शेन्जेन । चीनको शेन्जेनस्थित दीर्घायु र जैविक विज्ञानमा विशेषज्ञता हासिल गरेको स्टार्टअप, लोन्भी बायोसाइन्सेसले हालै एउटा यस्तो चक्की बनाएको घोषणा गरेको छ ।
यसले ‘जोम्बी कोशिका’ लाई लक्षित गर्दछ। जोम्बी कोशिका भनेको त्यस्ता बुढ्यौली कोशिकाहरू हुन् जो अब विभाजित हुँदैनन् तर शरीरमा इन्फ्लेमेसन उत्पन्न गरिरहन्छन्। कम्पनीको दाबी छ, ‘यो चक्कीले सैद्धान्तिक रूपमा मानिसहरूलाई १५० वर्षसम्म बाँच्न मद्दत गर्न सक्छ।’
लोन्भीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इप झुले भने, ‘यो अर्को साधारण चक्की मात्र होइन। यो त अमृत हो।’ उनले यो नयाँ चमत्कारी औषधिको मुख्य तत्वले दीर्घायु बढाउन मात्र नभई, सेलुलर स्तरमा स्वास्थ्यलाई बलियो बनाएर उमेर-सम्बन्धित रोगहरूलाई पनि कम गर्न सक्षम रहेको दाबी गरे।
कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) ल्यु छिङ्ह्वाले न्युयोर्क टाइम्सलाई भने, ‘१५० वर्षसम्म बाँच्नु निश्चित रूपमा यथार्थपरक छ। केही वर्षमा, यो वास्तविकता बन्नेछ।’
लोन्भी बायोसाइन्सले जुन चक्कीको बारेमा यति उत्साह देखाएको छ, त्यो प्रोसायनिडिन सी१ (पीसीसी १) मा आधारित छ, जुन अंगुरको बियाँबाट निकालिएको एक अणु हो। यसअघि मुसाहरूमा गरिएको परीक्षणमा यसले आयु लम्ब्याउन मद्दत गरेको पाइएको थियो।
कम्पनीको आफ्नै परीक्षणले देखायो कि यो औषधि दिइएका प्रयोगशालाका मुसाहरू समग्रमा ९.४ प्रतिशत बढी बाँचे र उपचारको पहिलो दिनदेखि ६४.२ प्रतिशत लामो जीवन पाए।
सन् २०२४ मा, चीनमा औसत आयु ७९ वर्ष पुगेको छ, जुन विश्वव्यापी औसतभन्दा पाँच वर्ष बढी हो। अधिकारीहरू र आम जनता दुवैबाट बढ्दो चासोले यो संख्या अझै बढ्ने सम्भावना छ। केही समय अघिसम्म चीनमा एन्टी-एजिङ (बुढ्यौली रोक्ने) अनुसन्धानलाई झारफुक वा ठगी जस्तै मानिन्थ्यो।
दीर्घायुको अध्ययन गर्ने सांघाईस्थित कम्पनी टाइम पाईका सह-संस्थापक गान युले भने, ‘पहिले चीनमा कसैले पनि दीर्घायुको कुरा गर्दैनथ्यो, केवल धनी अमेरिकीहरूले गर्थे। अब धेरै चिनियाँहरू यसमा चासो राख्छन् र आफ्नो जीवन लम्ब्याउनका लागि उनीहरूसँग पैसा पनि छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण