सिधनिया घाटमा तीव्र गतिमा पक्की पुल निर्माण हुँदै
सारांश
- बाँकेको राप्ती नदीमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ, जसले नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज बनाउनेछ।
- सिधनियाघाटमा निर्माणाधीन पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ, र आगामी असारभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।
- पुल निर्माणको लागत एक अर्ब १९ करोड रहेको छ, र यसले ७०० मिटर लम्बाइको पुल, एप्रोच सडक र नदी नियन्त्रणको काम समावेश गर्दछ।
बाँके । नेपालगन्ज-बघौडा हुलाकी सडकअन्तर्गत डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा फराकिलो पक्की पुल निर्माणले गति लिएको छ । करिब ११ मिटर चौडाइ रहने पुल निर्माणले गति लिएपछि बाँकेको नरैनापुर र राप्तीसोनारीका बासिन्दालाई आवागमनमा सहज हुनेछ ।
हाल यहाँ साँघुरो पुल भएकाले सवारीसाधन पालो कुरेर नदी पार गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । राप्ती नदीमा दुई लेनको पुल निर्माण भएपछि नदी वारपार गर्न पालो कुर्नुपर्ने बाध्यता अन्त्य हुने स्थानीय सोहनलाल यादवले बताए ।
पुल निर्माण धमाधम भइरहेकाले शीघ्र सम्पन्न भई आवागमन सहज हुने उनले विश्वास व्यक्त गरे । उक्त पुलको हालसम्म ५० प्रतिशतभन्दा बढी प्रगति भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
सम्झौता भएपछि करिब एक वर्ष पुलको डिजाइनमा समय लागेकाले केही ढिलाइ भएको बताउँदै उहाँले आगामी असारभित्र निर्माण सम्पन्न हुनेगरी काम भइरहेको जानकारी दिए ।
सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण भएको पुल साँघुरो भएपछि फराकिलो बनाउन थालिएको हो । वि.सं २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौँसँग ५३ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो ।
पुलको लागत भ्याटसहित रु एक अर्ब १९ करोड रहेको योजना कार्यालयका प्रमुख भण्डारीले जानकारी दिए । करिब ७०० मिटर लम्बाइको पुल, एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटरसम्म नदी नियन्त्रणको काम एकसाथ सम्पन्न गर्ने योजना रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति
-
कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित
-
छाया कम्प्लेक्स सम्बन्धित बहस : निजी क्षेत्र हतोत्साही
-
एम्पायर स्टेट बिल्डिङको चुचुरोमा विवाह प्रस्ताव गर्ने रुसी जोडी पक्राउ
-
संसद् भवनमा इन्टरनेट बिग्रिँदा प्रतिनिधिसभाको लाइभ प्रभावित
-
‘लेनिन’ मार्फत ठुलो पर्दामा फर्किँदै अभिनेता अखिल अक्किनेनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण