अवैध डिम्ब प्रकरण : महान्यायाधिवक्ताकाे बर्खास्तीसहित प्रधानमन्त्रीकाे भूमिकामाथि छानबिनकाे माग
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले अवैध डिम्ब प्रकरणमा सामेलहरूलाई सत्ताको दुरुपयोग गरेर उन्मुक्ति दिने घटनाले न्याय प्रणालीमाथि खुला हस्तक्षेप प्रमाणित गरेको बताएको छ ।
जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सीआइबीको सिफारिस हुँदाहुँदै प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सरिता भण्डारीको मिलेमतोमा मामिला दाबिएको देखिनु शक्तिको दुरुपयोग र ठोस भ्रष्टाचार भएको बताए ।
जेनजी मुभमेन्ट नेपालले महान्यायाधिवक्ताको तत्काल बर्खास्ती माग गर्दै मुद्दा रोक्ने निर्णय नै नैतिक र कानुनी रूपमा अस्वीकार्य भएको बताएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको भूमिकामा निष्पक्ष छानबिन, स्वतन्त्र उच्चस्तरीय छानबिन आयोग गठन, फाइल रोकिएको सम्पूर्ण प्रक्रियाको पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ ।
पीडित परिवारको सुरक्षा र न्यायिक अधिकार तत्काल सुनिश्चित गर्न समेत माग गरिएको छ ।
जेनजी विद्रोहपछि राज्य विहीनताको फाइदा उठाउँदै सत्ता कु गरेर निर्माण भएको कार्कीको नेतृत्वको सरकारले एकपछि अर्का कमिसन र भ्रष्टाचारमा सामेल भइरहेको विज्ञप्तिमा उल्लेख छ ।
नाबालिगमाथिको अपराध छोप्ने, शक्तिको दुरुपयोग गर्ने र न्याय रोकेर अपराधी बचाउने जोसुकै विरुद्ध निरन्तर लड्ने प्रवक्ता शाहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण