बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

एमालेको विघटित संसदीय दलको बैठक बस्दै

मङ्गलबार, ०२ मङ्सिर २०८२, ०९ : ५७
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज च्यासलमा बस्दैछ।
  • एमालेले संसद विघटन असंवैधानिक भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ।
  • अन्य दलहरू फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन्।

काठमाडौँ । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । 

नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुनःस्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप