शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पारिवारिक विवादबिच लालु यादवले भने–तेजस्वी भविष्यका नेता

मङ्गलबार, ०२ मङ्सिर २०८२, १६ : ४१
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • लालू प्रसाद यादवले तेजस्वी यादवको नेतृत्वलाई स्वीकार गर्दै उनलाई भविष्यको नेता घोषणा गरे।
  • राजद विधायक दलको बैठकमा तेजस्वी यादवलाई सर्वसम्मतिले दलको नेता चयन गरियो।
  • तेजस्वीले पार्टीको काममा स्वतन्त्रता खोजेका थिए, तर लालु यादवले उनलाई नै पार्टी चलाउन आग्रह गरे।

नयाँ दिल्ली । राजदका राष्ट्रिय अध्यक्ष लालुप्रसाद यादवले पारिवारिक कलहबिच कान्छा छोरा तेजस्वी यादवको नेतृत्व स्वीकृत गरेका छन् ।

राजद विधायकहरूको बैठकमा तेजस्वीलाई विधायक दलको नेता चुनिएको छ । बिहार विधानसभा चुनावमा नराम्ररी पराजय भोगे पनि लालु यादवले तेजस्वीलाई समर्थन गर्दै उनलाई ’भविष्यको नेता’ बताए । 

पटनामा नोभेम्बर १७ मा पार्टीको विधायक दलको बैठक बसेको थियो । यसमा २५ विजयी विधायकबाहेक ११९ पराजित उम्मेद्वारहरू पनि उपस्थित थिए । यस अवसरमा राजद राष्ट्रिय अध्यक्ष लालु यादव र पूर्व मुख्यमन्त्री राबडी देवी पनि उपस्थित थिए । बैठकमा राजदका वरिष्ठ नेता भाइ वीरेन्द्रले तेजस्वी यादवलाई व्यवस्थापिका दलको नेतामा सर्वसम्मतिले चयन गर्ने प्रस्ताव गरे । त्यसपछि विधायक आलोक मेहताले औपचारिक रूपमा बैठकमा प्रस्ताव पारित गरे जुन सर्वसम्मतिले पारित भयो । 

भविष्यमा पनि तेजस्वीले नै पार्टी चलाउने
 
बैठकमा तेजस्वी यादवले पहिले पार्टीको नेता पद छाड्ने कुरा गरेका थिए । प्रदेश अध्यक्ष पदबाट जगदानन्द सिंहको राजीनामाको सन्दर्भमा उनले भने, ‘हामीले उनीहरूलाई राख्न चाहेपछि हटाउन अभियान चलाइयो । जोजो मेरो साथमा बस्छन् उनीहरूलाई हटाउन प्रायोजित अभियान चलाउन थालिन्छ । हामी पार्टीको काममा स्वतन्त्रता चाहिएको छ ।’ इसारा–इसारामै तेजस्वीले ‘रोहिणी आचार्य प्रकरण’को नाम नलिई विधायकहरूलाई सम्बोधन गर्दै थिए । तेजस्वीले राजीनामा दिने इच्छा व्यक्त गरेपछि सबै विधायक र नेताहरूले विरोध गर्न थाले । यसपछि लालु यादवले भने, ‘तेजस्वीले निकै मेहनत गरिरहेका छन् । उसले नै पार्टी चलाउँदै आएका छन्, भविष्यमा पनि उसले नै चलाउनेछन् ।’  त्यसपछि बैठकमा उपस्थित सबै शान्त भए । 

तेजस्वी यादव पछिल्लो विधान सभामा विपक्षी दलका नेता थिए । कुनै पनि दललाई सदनमा प्रतिपक्षी दलको नेता बनाउनका लागि संसद्को कुल सिटको कम्तीमा १० प्रतिशत सिट चाहिन्छ । बिहार विधानसभामा २४३ सदस्य छन् । यस सन्दर्भमा विपक्षी दलको नेताका लागि कम्तीमा २४ सदस्य आवश्यक हुनेछ । यस चुनावमा आरजेडीले विपक्षी नेताको पद थोरै अन्तरले बचाउन सफल भएको छ ।

पार्टीका २५ विधायकले मात्रै जित हात पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप