लुम्बिनीमा ‘सेरामिकजन्य’ वस्तु उत्पादन कला प्रशिक्षण सुरु
काठमाडौँ । नेपाल हस्तकला महासङ्घले ‘सेरामिकजन्य’ वस्तु (माटो कला) उत्पादन र छ्वाली कलामा सीप एवं दक्षता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण सुरु गरेको छ ।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहकार्यमा आजदेखि प्रशिक्षण सुरु गरिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लुम्बिनीमा ३० दिने सेरामिकजन्य वस्तु (माटो कला) उत्पादन तथा १५ दिने छ्वाली कला विधा प्रशिक्षण सुरु भएको आयोजकले जनाएको छ ।
महासङ्घका उपाध्यक्ष एवं कला तथा शिल्प परिषद्का सभापति नवीन शाक्यको सभापतित्व एवं लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनको प्रमुख आतिथ्यतामा प्रशिक्षण शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राई, लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, महासचिव पुरुषोत्तम अर्याल, लुम्बिनी सांस्कृतिक नगरपालिका पर्यटन समन्वय शाखा प्रमुख फणीन्द्रकुमार पाल, सामाजिक विकास शाखा प्रमुख शेषराम यादव र उद्यम विकास सहजकर्ता निरमा थारुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण