आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीको शिरमा नेविसंघको श्रीपेच ! (फोटोफिचर)

सोमबार, २५ असार २०७५, १४ : १९
सोमबार, २५ असार २०७५

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको विरोध गर्दै सोमबार माइतीघर मण्डलामा  प्रदर्शन गरेको छ । 

अध्यक्ष नैनसिंह महर नेृत्वको नेविसंघका नेता कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधामन्त्री केपी शर्मा ओली ‘नयाँ राजा बन्न खोजेको’  आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए । 
 

ओलीको शिरमा श्रीपेच लगाइएको फोटोसहितको ब्यानर बोकेका नेविसंघ नेता कार्यकर्ताले ‘कम्युनिष्ट अतिवाद देखियो, न्यायको घाँटी रेटियो’, ‘अधिनायकवाद मुर्दावाद’  ‘गोविन्द केसीको माग सम्बोधन गर’ लगायतका नारा लगाएका थिए । 

सरकारले तत्कालित प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले चुनावी आचारसंहिता उलंघन गरी गरेका राजनीतिक नियुक्ति खारेज गरिदिएसँगै कांग्रेस र उसका भातृ संगठन सरकारविरुद्ध आक्रामक देखिँदै आएका छन् । 

पछि प्लेकार्ड मण्डलामै छाडेर हिँडे

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप