बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार
सारांश
- बुद्धशान्ति गाउँपालिकाले २० टन क्षमताको शीतभण्डार निर्माण सुरु गरेको छ।
- शीतभण्डार निर्माणपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गर्न सक्नेछन्।
- यो परियोजनाले छिमेकी पालिकाका किसानहरूलाई पनि फाइदा पुर्याउनेछ।
झापा । जिल्लाकाे बुद्धशान्ति गाउँपालिकाले कृषि उपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा रु २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए ।
बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको भनाइ छ । शीतभण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको अध्यक्ष प्रसाईंले जानकारी दिए ।
‘शीतभण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्’, उनले भने, ‘धेरै पहिलेदेखि किसानले माग गरेकामा अब पूरा हुने भएको छ ।’
यहाँको शीतभण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरू पनि लाभान्वित हुनेछन् । शीत भण्डारसहितको आधुनिक कृषिमण्डी निर्माणमा रु ६२ लाख खर्च लाग्ने भएको अध्यक्ष प्रसाईंले जनाउँदै जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने उल्लेख गरे ।
चालु आर्थिक वर्षमा उक्त शीतभण्डार निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्ति–४ मा शीतभण्डार र वडा नं ३ मा कृषिमण्डी निर्माण गरिने छ ।
स्थानीय किसान बाबुलाल राजवंशीले शीतभण्डार निर्माण हुन लागेकामा खुसी व्यक्त गर्दै यहाँ उत्पादित तरकारी तत्कालै बिक्री नभएमा कम मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण