अपडेट
सुन र डलरको भाउ बढ्दा राष्ट्र बैंकलाई एक वर्षमा ९१ अर्ब नाफा
बिहीबार, ०४ मङ्सिर २०८२, १३ : १८
काठमाडौँ । सुन र डलरको भाउ बढ्दा नेपाल राष्ट्र बैंकले एक वर्षका ९१ अर्ब रुपैयाँ पुँजीगत लाभ गरेको छ ।
नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन अनुसार राष्ट्र बैंकले सो बराबरको नाफा कमाएको हो ।
उक्त लाभमध्ये राष्ट्र बैंकले सुनको मूल्य बढेबापत मात्रै ४६ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएको छ । त्यस्तै, विदेशी विनिमय डलरमा भएको वृद्धिका कारण बैंकले ४५ अर्ब २ करोड कमाएको छ ।
बैंकसँग गत असार मसान्तमा २४ अर्ब १४ करोड अमेरिकी डलर तथा पेपर गोल्ड र सञ्चित सुन समेत गरी ९ हजार २३४।१९ किलोग्राम सुन छ । त्यस्तै, राष्ट्र बैंकसँग १ लाख २० हजार ३७.९० किलोग्राम चाँदीको स्टक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण