नेपालमा भारतीय लगानी अझ बढी भित्र्याउन हामी प्रयासरत छौँः अध्यक्ष केसी
सारांश
- अध्यक्ष केसीले नेपालमा भारतीय लगानी बढाउन आफूहरु प्रयासरत रहेको बताए ।
- उनले नेपालमा लगानीमैत्री वातावरण बनाउन नीतिगत र कानुनी सुधार आवश्यक रहेको उल्लेख गरे ।
- निक्कीले भारतमा लगानी सम्मेलनको तयारी गरिरहेको र सूचना प्रविधिमा जोड दिएको छ ।
काठमाडौँ । नेपाल–इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन उनीहरु प्रयासरत रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज गरिएको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानुनी सुधार जरुरी रहेको बताए ।
“भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक छन्, निक्कीले यसका लागि काम गरिरहेको छ, नेपालमा लगानीका लागि केही सुधार आवश्यक छ, समस्या देखिएका क्षेत्रमा सुधार भए लगानी बढाउन सकिन्छ”, उनले भने । नेपालमा भारतीय लगानी बढाउन निक्कीले भारतको नयाँदिल्लीमा कार्यालय स्थापनाको तयारी गरिरहेको उनको भनाइ थियो ।
“निक्कीको पहिलो प्राथमिकतामा लगानीको सुरक्षा, लगानी प्रवद्र्धन र पुनःलगानी हो । त्यसपछि नयाँ लगानी भित्र्याउनु हो”, अध्यक्ष केसीले भने । नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न विभिन्न अवसर प्रदान गर्नुका साथै बजारको आकार पनि मुख्य हुने उनको भनाइ थियो ।
नेपालमा लगानी ल्याउन भारतमै लगानी सम्मेलनको तयारी भइरहेको अध्यक्ष केसीले बताए । पछिल्लो समय नेपालमा सूचना प्रविधिलगायतका क्षेत्रमा ठूलो सम्भावना भएकाले सो क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न सकिने उनले बताए ।
त्यस अवसरमा निक्कीका उपाध्यक्षद्वय रविकुमार रायावरम र कुनाल कयाल, महासचिव राजन शर्मा, कोषाध्यक्ष किरण मल्ललगायतले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा कानुनी सुधार जरुरी रहेकामा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेती नदीमा महिलाको शव फेला
-
कृषि मन्त्रालयको १०० दिने प्रगति: कार्बन व्यापारदेखि किसानको भुक्तानीसम्म
-
विश्वकपमा अर्जेन्टिनालाई विशेष सुविधा दिइँदैछ ? आरोपका पछाडि यस्ता छन् कारण
-
सुकुमबासीलाई ५ दिनभित्र हटाउने अल्टिमेटम तत्काल फिर्ता लिन सांसद हरिनादेवीको माग
-
प्रतिनिधिसभा नियमावली विपक्षीका लागि मात्रै हो कि सत्तापक्षका लागि पनि ?
-
सरकारलाई सांसदको प्रश्न : सुकुमबासी जनता हुन् कि होइनन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण