अनमोलको 'बाटुलो जून'को छायाङ्कन सुरु
सारांश
- चलचित्र 'बाटुलो जून' को शुभसाइत बगलामुखी मन्दिरमा गरियो, जसमा भुवन केसीको पुनरागमन हुँदैछ।
- अनमोल केसी, प्रिन्सी खतिवडा र नेन्सी खड्काको मुख्य भूमिका रहने यस चलचित्र ग्रामीण प्रेमकथामा आधारित हुनेछ।
- 'बाटुलो जून' को छायांकन काठमाडौं, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरामा गरिनेछ।
काठमाडौँ । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र 'बाटुलो जून'को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।
पछिल्लो फिल्म 'ड्रिम्स' रिलिजको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट 'एक्सन कट'मा पुनरागमन गर्दैछन् । फिल्ममा अनमोललाई केसी अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले अभिनयमासाथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने बाटुलो जूनमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ ।
निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए ।
'बाटुलो जून' निर्माण जीया केसी र भविष्य खड्काले गर्न फागेका हुन् । खड्का फिल्म 'जेरी अन टप'की निर्मात्री हुन् ।
अभिनेता अनमोल केसीले हिजोको दिनमा बुवा भुवन केसीले चिनो, सम्झना र कुसुमे रूमालजस्ता चलचित्रमा निभाएको भूमिका र सोहि चलचित्रहरूमा देखिएको लूक्समै आज आफुलाई पाएको भन्दै घुमाउरो पाराले बुवाकै विरासत धान्ने गरी यो चलचित्रमा जोडिएको बताए । बोली, भाषादेखि धेरै कुरामा भिन्न तरिकाले प्रस्तुत हुन लागेको भन्दै अनमोलले सम्पूर्ण टिमको मेहनत र साथले आफूले पनि पात्रलाई न्याय गर्ने र चलचित्र पनि उत्कृष्ट बन्ने बताए ।
पहिलो चरणमा ४५ दिनको छायाङ्कन सेड्यूअलसहित फ्लोरमा निस्केको यो फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायाङ्कन गरिनेछ । चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । फिल्ममा छायाङ्कन राजेश श्रेष्ठको रहनेछ भने रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण