करिब सात लाख नयाँ मतदाता थपिए
शुक्रबार, ०५ मङ्सिर २०८२, २२ : ११
सारांश
- निर्वाचन आयोगले मतदाता नामावली दर्ताको समय थप गरेर आज मध्यरातसम्म पुर्याएको छ।
- कात्तिक ३० गतेसम्मका लागि दिइएको समयमा नयाँ मतदाताको चाप बढेपछि आयोगले म्याद थपेको थियो।
- आयोगका अनुसार, करिब सात लाख नयाँ मतदाता थपिएका छन् र विवरण छिट्टै सार्वजनिक गरिनेछ।
काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्ष्य गरेर सञ्चालन गरेको मतदाता नामावली तथा अद्यावधिकका लागि थप गरेको समय आज मध्य रातिदेखि सकिँदैछ ।
सो अघि गत कात्तिक ३० गतेसम्मका लागि नामावली दर्ताको समय दिइएकामा नयाँ मतदाताको दर्ताको चाप र सरोकार भएका पक्षको आग्रहका आधारमा आयोगले यही मङ्सिर ५ गतेसम्मका लागि समय थपेको थियो ।
यसबीचमा करिब सात लाख नयाँ मतदाता थपिएको जनाएको आयोगले मध्यरातिपछिको सबै यकिन विवरण छिट्टै सार्वजनिक गर्ने जनाएको छ । थपिएको सङ्ख्या उत्साहजनक भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उनी बताए । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थप बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण