पराजयपछि मेस्सीको आँसुः भविष्यबारे कस्तो सङ्केत ?
सारांश
- अर्जेन्टिना फिफा विश्वकप फाइनलमा स्पेनसँग १-० ले पराजित भएसँगै लियोनेल मेस्सीको आँसुले समर्थकलाई पीडा दिएको छ ।
- खेलपछि मेस्सी मौन रहनु र सञ्चारमाध्यमहरूसँग कुरा नगर्नुले उनको भविष्यबारे चिन्ता र आशंका बढाएको छ ।
- सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि संन्यास घोषणा गरी पछि फिर्ता लिएका मेस्सीको यसपटकको उमेर र अवस्थाले संन्यासको चिन्ता बढी वास्तविक देखिएको छ ।
एजेन्सी । २०२६ को फिफा विश्वकप फाइनल पनि सकियो । अर्जेन्टिनाले उपाधि भिडन्तमा नमिठो पराजय भोग्यो । तर फाइनलमा पराजित भएपछि लियोनेल मेस्सीको आँसुले उनका समर्थकलाई थप पीडा दिएको छ । तर, खेलपछि उनी मौन रहनुले फुटबल इतिहासकै महान् खेलाडीको भविष्यलाई लिएर थप चिन्ता र आशंका जन्माएको छ ।
अर्जेन्टिनाको लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने सपना अतिरिक्त समयमा स्पेनसँग १–० को पराजयसँगै समाप्त भयो । स्पेनले खुसीयाली मनाइरहँदा, ३९ वर्षीय मेस्सी भने आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुन सक्ने मैदानमा भावुक र स्तब्ध देखिए । पदक वितरण समारोहमा मेस्सीको स्थतिले त्यसलाई थप अनिश्चित बनायो ।
मेस्सीले सञ्चारमाध्यमहरूसँग कुरा गरेनन् । अर्जेन्टिनाका खेलाडीहरूलाई नेतृत्व गर्दै बाहिरिए, जसले गर्दा उनले राष्ट्रिय टोलीबाट खेलिरहने छन् वा छैनन् भन्नेबारे कुनै स्पष्ट संकेत मिलेको छैन । उनको यो मौनताले तत्कालै संन्यासको पुष्टि त गर्दैन, तर मेस्सीको उमेर र उनको भावुक अवस्थाले आगामी दिनहरूमा उनले संन्यासको घोषणा त गर्ने होइनन् भन्ने आशंकमा थप बलियो बनेको छ ।
भविष्यबारे नबोली बाहिरिए मेस्सी
खेलपछि खेलाडीहरू ड्रेसिङ रुमबाट निस्किएर 'मिक्सड जोन' (खेलपछि मिडियासँग कुराकानी गर्ने क्षेत्र) हुँदै जाने अपेक्षा गरिएको थियो, तर अर्जेन्टिनी टोली पत्रकारहरूसँग कुराकानी नगरी सीधै प्रस्थान गर्यो ।
मेस्सी टोलीको अगाडि रोड्रिगो डे पल र अन्य सहकर्मीहरूसँगै थिए, जसले अर्जेन्टिनाको आधुनिक इतिहासमा सबैभन्दा सफल युगको निर्माण गर्न सहयोग गरेका छन् ।
यस्तो निराशाजनक नतिजापछि मेस्सीको यो निर्णय स्वाभाविक पनि मान्न सकिन्छ । कतारमा जितेको उपाधि रक्षा गर्नबाट अर्जेन्टिना मात्र एक खेल टाढा थियो, तर अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गर्दै अर्जेन्टिनाको सपना चकनाचुर पारिदियो ।
पराजित भए पनि यस प्रतियोगिताले मेस्सीको खेल जीवनमा अर्को एउटा महत्त्वपूर्ण अध्याय थपेको छ । उमेरको यो विन्दुमा पनि उनले अर्जेन्टिनालाई पुनः विश्वकपको फाइनलसम्म पुर्याउन निर्णायक भूमिका खेलेका छन्, जुन उमेरमा अधिकांश खेलाडीहरूले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिइसकेका हुन्छन् ।
अर्जेन्टिनी समर्थकहरू किन चिन्तित छन् ?
मेस्सीको अन्तर्राष्ट्रिय करिअरले अर्जेन्टिनालाई ती सबै उपाधिहरू दिलाइसकेको छ, जुन उनले कहिल्यै जित्न सक्दैनन् कि भन्ने डर प्रशंसकहरूमा थियो, जसमा कोपा अमेरिका र २०२२ को विश्वकप हुन् । यी सफलताहरूले उनको खेल जीवन र फुटबल इतिहासमा उनको स्थानबारे रहेका सबै बहसहरूलाई समाप्त गरिदिएको छ । उनको प्रतिभा, खेलप्रतिको समर्पण र उपाधिहरूले उनलाई इतिहासकै उत्कृष्ट खेलाडीका दर्ज गरिसकेको छ ।
त्यसैले पनि उनको सम्भावित बिदाई समर्थकहरूका लागि निकै पीडादायी बनेको छ । अर्जेन्टिनाले भविष्यमा अन्य उत्कृष्ट खेलाडीहरू उत्पादन गर्न सक्ला, तर मेस्सीको जस्तो जादु र टोलीसँगको भावनात्मक सम्बन्धलाई प्रतिस्थापन गर्न असम्भवजस्तै छ ।
यसअघि सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि उनले संन्यासको घोषणा गरेका थिए, जसलाई पछि उनले फिर्ता लिएका थिए । तर यस पटक उनको उमेर र विश्वकपको यो मञ्चलाई हेर्दा उनको संन्यासको चिन्ता बढी वास्तविक देखिन्छ ।
मेस्सीबारे हालसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक भएको छैन । अहिले सम्पूर्ण अर्जेन्टिना मेस्सीको प्रतिक्रियाको पर्खाइमा छ । समर्थकहरू आशा गरिरहेका छन् कि उनको आँसु केवल खेल हार्नुको मात्र होस्, न कि उनको महान् अन्तर्राष्ट्रिय करिअरको अन्तिम दृश्य ।
मार्काबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण