प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठलाई तत्काल पदमुक्त गर्न रक्षा बमको माग
सारांश
- रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई नैतिक भ्रष्टाचार गरेको आरोप लगाएकी छिन्।
- उनले श्रेष्ठले नातावाद र कृपावादलाई अँगालेको र आफन्तलाई नियुक्त गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी हुन्।
- बमले नागरिक सरकारले पारदर्शिता र जवाफदेहिता कायम गर्नुपर्नेमा जोड दिँदै यसो हुन नसकेको बताएकी छन्।
काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले नातावाद कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गरेको भन्दै तत्काल बर्खास्त गर्न माग गरेकी छन् ।
स्वकीय श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा श्रीमतीसहित आफन्तलाई भर्ती गरेर गलत गर्नुका साथै परिवर्तनको लागि बगेको रगतको अपमान भएको बताएकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा बमले लेखेकी छन्, ‘संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकार यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको छ । यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाइदा उठाउँदै, नातावाद कृपावादलाई हाबी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ ।’
उनले जेनजी आन्दोलन ‘पारदर्शिता र जबाफदेहिता’ मूल मागमध्येको एक भएको भन्दै नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जबाफदेही हुनैपर्नेमा त्यसो हुन नसकेको बताएकी छन् ।
‘आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरी उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस्।नागरिक सरकार सीमित व्यक्तिहरूको चङ्गुलमा फस्नुहुँदैन । सरकार बेलैमा सचेत होओस्’, बमले भनेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण