विश्वकपमा सट्टेबाजी खेलाउने ३ जना पक्राउ
मङ्गलबार, २६ असार २०७५, ११ : १५
काठमाडौं–रसियामा जारी विश्वकप फुटबलको हारजितको अनुमान लगाएर सट्टेबाजी खेल खेलाउने ३ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको म्हैपी बस्ने मुखिया लामा, स्याङ्जा घर भई हाल बालुवाटार बस्दै आएका सुवास गुरुङ र काठमाडौंका मुखिया गुरुङ रहेका छन् ।
हारजितको अनुमान लगाएर सट्टेबाजी खेलाउनेहरुलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले काठमाडौं–२७ ज्याठाबाट नियन्त्रयणमा लिएको हो ।
गत शुक्रवार मध्यराती बेटीङ खेलाईरहेको अवस्थामा पक्राउ परेका उनिहरुको साथबाट ४ लाख नेपाली रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सार्वजनिक अपराध मुद्धामा म्याद लिएर उनिहरुमाथी थप अनुसन्धान भईरहेको बताईएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
-
इजरायलले स्टारलिङ्कको उपकरण इरानमा तस्करी गरेको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण