दीपेन्द्र चम्किँदा मध्यम लक्ष्य दिएको सुदूरको जित
काठमाडौंँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा सुदूरपश्चिमले लगातार तेस्रो खेलमा जित निकालेको छ । सोमबार उसले कर्णाली याक्समाथि ४५ रनको सहज जित दर्ता गरेको हो ।
१४० रनको लक्ष्य पछ्याएको कर्णाली आज ४ बल बाँकी छँदै ९४ रन बनाएर अलआउट भयो । आजको खेलमा दीपेन्द्र सिंह ऐरी नायक बने । पूरा ओभर बलिङ गरेका अलराउन्डर ऐरीले आज चार विकेट लिन सफल भए ।
टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरले ९ विकेटको क्षतिमा कर्णालीलाई मात्र १४० रनको लक्ष्य दिएको थियो । उसका लागि ऐरीले नै सर्वाधिक ३९ रनको योगदान दिएका थिए भने आरिफ शेखले २७ रन जोडेका थिए ।
तर मध्यम लक्ष्य पछ्याएको कर्णाली सुरुदेखि नै धर्मरायो । दुवै ओपनरलाई सस्तैमा गुमाएको कर्णालीको मध्यक्रम पनि चल्न सकेन । पावरप्ले सकिँदा नै चार विकेट गुमाएको कर्णालीका लागि आज पवन सर्राफले २७ रन बनाउनुबाहेक अन्यले गतिलो प्रदर्शन गर्न सकेनन् । अघिल्लो खेलमा लुम्बिनी लायन्सविरुद्ध शतक प्रहार गरेका मार्क वाट पनि आज १० बलमा १७ रन बनाएर आउट भए ।
त्यस्तै सुदूरका हर्मित सिंहले आज २ विकेट लिए । कर्णालीका कप्तान सोमपालले तीन विकेट लिन सफल भए ।
कर्णालीको दोस्रो हार हो । तीन खेलमा उसले एकमा जित निकालेको छ । उसले लुम्बिनीलाई ९ विकेटको विशाल अन्तरले हराएको थियो ।
त्यस्तै आजै भएको अघिल्लो खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै विराटनगर किंग्सले पनि लगातार तीन खेलमा शतप्रतिशत जित निकाल्न सफल भयो भने पहिलो संस्करणको विजेता जनकपुर लगातार दोस्रो खेलमा पराजित भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
-
छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल मन्त्रालयमा हाजिर गर्दै
-
पहिरोका कारण स्याङ्जाको दुई ठाउँमा सडक अवरुद्ध
-
देशका विभिन्न स्थानमा ५ वर्षीया बालिकासहित चार जना मृत फेला
-
रास्वपाका केन्द्रीय सदस्यलाई प्रमाणपत्रसहित रविले दिए घण्टी उपहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण