जेनजीका असली अभिभावक हामी हौँ : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाहरूको असली अभिभावक आफूहरू भएको दाबी गरेका छन् ।
मंगलबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी युवाहरूको मुद्दा आफूहरूले उठाएको दाबी गरेका हुन् ।
‘हामीले युवाहरूको मुद्दालाई सम्बोधन गरेका छौँ । युवाका सही आवाजलाई सबैभन्दा पहिले समर्थन गर्यौँ । बलपूर्वक दमन नगरियोस् भनेर सरकारलाई खबरदारी गर्यौँ । जेनजी पुस्ताहरूको असली अभिभावक नेपाली कम्युनिस्ट पार्टी हो भन्ने कुरा बुझ्दै गएका छन् । हजारौँ युवाहरू पार्टीमा समाहित हुने कुरा बढेको छ’, उनले भने ।
प्रचण्डले ढिलो चाँडाे सच्चा कम्युनिस्ट, वामपन्थी दलहरू नेपाली कम्युनिस्ट पार्टीको नेतृत्वमा गोलबन्द हुँदै जाने जिकिर गरे । धेरै पार्टी एकताबद्ध भएर नयाँ शक्ति सिर्जना हुने उनले विश्वास व्यक्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण