१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी
काठमाडौँ । नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उखु उत्पादक किसानहरूले मंसिर १३ गतेभित्र पाउनुपर्ने करिब ७५ करोड अनुदान भुक्तानी नपाए र उखुको प्रतिक्विन्टल ७५० कायम नगरिए आन्दोलनमा उत्रिने बताएका हुन् ।
‘विगत सालको ३५ रुपैयाँ प्रतिक्विन्टलको दरले हुन आउने ७५ करोड अनुदान रकम हाम्रो बाँकी छ । त्यो अनुदान रकम यही १३ गते (मंसिर) भित्र भुक्तानी गरिनुपर्छ भन्ने माग हामीले राखेका छौं,’ किसान महेशचन्द्र यादवले भने ।
उखुको उत्पादन मूल्य लागतको आधारमा चिनीको बजार मूल्यलाई समेत दृष्टिगत गरी नेपाल सरकार, चिनी उद्योगका प्रतिनिधि र किसानका प्रतिनिधिहरू बसेर मूल्य निर्धारण गर्नुपर्ने किसानहरूको माग छ ।
उखु किसानहरूले आज कृषिमन्त्री डा.मदन परियारमार्फत प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयलाई पनि ज्ञापनपत्र बुझाएका छन् ।
माग पूरा नभए मंसिर १४ गते सर्लाहीको हरिवनमा एक घण्टा राजमार्ग जाम गरिने र १५ गतेदेखि एक लाख किसान परिवारको प्रतिनिधित्व गर्दै हरिवनमा अनिश्चितकालीन राजमार्ग अवरुद्ध गरेर सरकारलाई मागहरू पूरा गराउन बाध्य गराइने उनीहरूले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण