नेपाली कम्युनिष्ट पार्टीले छिट्टै जनवर्गीय सङ्गठन तथा विभाग समायोजन गर्ने
सारांश
- नेपाली कम्युनिष्ट पार्टीले जनवर्गीय सङ्गठन र विभागहरू समायोजन गर्ने भएको छ ।
- पार्टीका नेता प्रकाश ज्वालाले भ्रातृ सङ्गठन पुनर्गठन र समायोजन गरिने बताए ।
- पार्टीभित्रका नेताहरूको कार्यक्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी बनेको छ।
काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीले पार्टी निकट जनवर्गीय सङ्गठन तथा विभाग छिट्टै व्यवस्थापन गर्ने भएको छ ।
विभिन्न वामपन्थी दल तथा समूह एकीकृत भएर बनेको पार्टीले सबै दलको समन्वयमा भ्रातृ सङ्गठन पुनर्गठन, समायोजन गरिने नेता प्रकाश ज्वालाले जानकारी दिए ।
जनवर्गीय सङ्गठन पुनर्गठन तथा समायोजन गर्नका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबिच छलफल भएको बताउँदै उनले सबै पक्षलाई समेटेर विगतका नेताहरुको कार्य क्षमता मूल्याङ्कन गरी जिम्मेवारी दिइने समझदारी भएको जानकारी दिए ।
विभागीय इन्चार्जका साथै जनवर्गीय सङ्गठनको नेतृत्व व्यवस्थापनपछि निर्वाचनको तयारी गरिने ज्वालाले बताए ।
पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा (माओवादी समाजवादी), गोपाल किरातीको नेतृत्वमा रहेको देशभक्त समाजवादी मोर्चालगायत वाम समूह समावेश छन् ।
पार्टीले यही महिनाभित्र सबै प्रदेश तथा केही जिल्लामा एकतासभा गर्ने कार्यसूची सार्वजनिक गरिसकेकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण