शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दक्षिण अफ्रिकासँगको हारपछि मुख्य प्रशिक्षक गम्भिरको प्रतिक्रिया

बिहीबार, ११ मङ्सिर २०८२, ०० : ५४
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • दक्षिण अफ्रिकासँग टेस्ट श्रृंखला हारेपछि प्रशिक्षक गौतम गम्भिरको भविष्यबारे बीसीसीआईले निर्णय लिनेछ।
  • गम्भिरले आफूले पहिले टोलीको नेतृत्व गर्दाका सफलताहरू सम्झाए, जसमा च्याम्पियन्स ट्रफी र एसिया कप जितिएका थिए।
  • उनले युवा खेलाडीहरूको प्रदर्शन र इङ्ल्यान्ड भ्रमणको नतिजाको पनि चर्चा गरे।

काठमाडौँ । दक्षिण अफ्रिकासँग दुई–शून्यको अन्तरले टेस्ट श्रृंखला गुमाएपछि आलोचनाको सामना गरिरहेका भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भिरले आफ्नो भविष्यबारे बीसीसीआईले निर्णय लिने बताएका छन्।

बुधबारको पत्रकार सम्मेलनमा उनले भने, ‘मेरो भविष्यको निर्णय भारतीय क्रिकेट बोर्डको हो। महत्वपूर्ण भारतीय टोली हो, म व्यक्ति होइन।’

गम्भिरले यसअघि आफ्नो नेतृत्वमा टोलीले हासिल गरेका सफलताहरू पनि सम्झाए। उनका अनुसार, युवा खेलाडीहरूकै भरमा भारतले इंग्ल्याण्ड भ्रमणमा प्रभावकारी प्रदर्शन गरेको थियो।

उनले थपे, “मेरै नेतृत्वमा तपाईँले इंग्ल्याण्डमा राम्रो नतिजा पाउनुभयो। साथै, हाम्रो समयमा भारतले च्याम्पियन्स ट्रफी र एसिया कप दुवै जित्यो।”

यस वर्ष आयोजित च्याम्पियन्स ट्रफी र एसिया कप दुबैमा भारत विजयी भएको थियो। त्यस्तै, इंग्ल्याण्डविरुद्धको टेस्ट श्रृंखला पनि भारतले २–२ को बराबरीमा समापन गरेकाे थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप