पानी उद्योगमा कार्यरत कर्मचारीको घाँटी रेटेर हत्या
शुक्रबार, १२ मङ्सिर २०८२, ११ : २०
सारांश
- बाराको प्रसौनी गाँउपालिकामा एक पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ।
- मृतक कर्मचारी सर्लाहीका ४२ वर्षीय रामकिशोर सिंहको घाँटी रेटेर हत्या गरिएको थियो।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ र घटनाबारे थप विवरण आउन बाँकी छ।
बारा । बाराको प्रसौनी गाँउपालिका–६ भलुहीस्थित पानी उद्योगमा कार्यरत कर्मचारीको हत्या भएको छ । सो उद्योगमा कार्यरत कर्मचारी रामकिशोर सिंहको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।
४२ वर्षीय सिंह सर्लाहीको धनकौल गाउँपालिकाका स्थायी बासिन्दा हुन् । जिल्ला प्रहरी कार्यालय बाराले सिंहको हत्या भएको घटनाबारे बिहान करिब ८ बजेतिर मात्रै सूचना प्राप्त भएको जनाएको छ ।
जिप्रका बाराका प्रवक्ता विजय पण्डितले सिंह लामो समयदेखि उद्योगमै बस्दै आएको र घाँटी रेटेर हत्या भएको अवस्थामा फेला पारेको बताए । प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वपा कपिलवस्तुको अध्यक्षमा शिवकुमार सुवेदी विजयी, यस्तो छ नयाँ कार्यसमिति
-
घर कि ब्यारेक ! जहाँ हजुरबुबादेखि नातिसम्मले लगाए देशको सुरक्षाका लागि बर्दी
-
रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
-
उग्र र खोक्रा राष्ट्रवादीहरूलाई पत्र
-
घामले मात्रै पूरा गर्छ त भिटामिन ‘डी’ को कमी ?
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण