पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता सार्वजनिक
सारांश
- पत्रकार दीपेन्द्र शर्माको पुस्तक 'युद्ध पत्रकारिता' सार्वजनिक भयो।
- पुस्तकमा राष्ट्रिय सभाका अध्यक्षले जनयुद्धमा पत्रकारहरूको भूमिकाको प्रशंसा गरे।
- नेपाल पत्रकार महासंघका अध्यक्षले जनयुद्धको पत्रकारितालाई मिसन पत्रकारिताको रूपमा उल्लेख गरिन्।
काठमाडौँ । पत्रकार दीपेन्द्र शर्माको पुस्तक ‘युद्ध पत्रकारिता’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीको संवाद डबलीमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पुस्तक लोकार्पण गर्दै बारुद र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताए ।
पुस्तकमाथि समीक्षा गर्दै दाहालले पुस्तकले जनयुद्धमा जनपत्रकारहरूले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताए । आफूले पनि जनयुद्धमा पत्रकारिता गरेको स्मरण गर्दै दाहालले भने,“बन्दुक र कलमको समायोजन, लडाइँ र पढाइको फ्युजन, बारुद र मसीको घोलको सम्मिश्रण आजको गणतन्त्र हो ।” जनयुद्धमा सामेल भएर पत्रकारिता गरेका पत्रकारहरूले मात्रै नभएर मूलधारका सञ्चार माध्यमका सञ्चारकर्मीहरूले गरेको योगदानले आजको परिवर्तन सम्भव भएको दाहालले बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले जनयुद्धमा गरिएको पत्रकारिता मिसन पत्रकारिता भएको र अजै पनि नेपाली समाजमा मिसन पत्रकारिता जारि रहेको बताइन् ।
यसैगरी महेश्वर दाहालले नेपाली पत्रकारिताको इतिहासमा युद्ध पत्रकारिताको अभ्यास माओवादी जनयुद्धमा व्यापक भएको बताए । उनले सो पत्रकारितालाई संस्थागत दस्तावेजीकरण गर्नुपर्नेमा जोड दिए ।
लेखका शर्माले जनयुद्धमा आफू जस्तै धेरै पत्रकारहरू सामेल भएर युद्ध पत्रकारिता गरेको र सो समयको योगदानलाई दस्तावेजीकरण गर्ने प्रयास गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण