राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्रीलाई भेट्दै
सारांश
- राप्रपाका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरे।
- राप्रपाले राजसंस्था, जेनजी र राजनीतिक दलबीच समझदारीको कुरा उठाएको छ।
- राप्रपाले मंसिर २३ गते काठमाडौँमा उपत्यकास्तरीय प्रदर्शन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । राप्रपाका नेताहरूले शनिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले साँझ ५ बजे बालुवाटारमा प्रधानमन्त्रीलाई भेट गर्ने तय भएको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपाले परम्परागत शक्तिको प्रतिनिधि संस्था राजसंस्था, परिवर्तनकारी पुस्ताका प्रतिनिधि जेनजी र राजनीतिक दलबिच नवीन समझदारी हुनुपर्ने धारणा राख्दै आएको छ ।
हालै बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मुलुकको समसामयिक परिस्थितिमा राप्रपाको धारणा अवगत गराउन प्रधानमन्त्रीसँग भेट गर्ने औपचारिक निर्णय समेत गरेको थियो ।
राप्रपाले मंसिर २३ गते काठमाडौँमा उपत्यकास्तरीय प्रदर्शन गर्ने निर्णय समेत गरेको छ। प्रदर्शनअघि सरकारसँग राप्रपाले सर्वपक्षीय भेलाको माग गर्दै प्रधानमन्त्रीसँग भेट गर्न लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
-
कांग्रेसले प्रतिनिधिसभामा भन्यो– राहदानी छपाइमा दोषी जोसुकै भए पनि कारबाही होस्
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण