राजनीति
भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीले बनायो कार्यदल
शनिबार, १३ मङ्सिर २०८२, १४ : १२
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीले देशव्यापी भ्रष्टाचार विरोधी अभियान चलाउने भएको छ।
- पार्टीले अभियानका लागि जीएस गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
- पार्टीले निर्वाचनका लागि वातावरण बनाउन सबै पक्षलाई आह्वान गरेको छ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले देशैभर ‘भ्रष्टाचार विरोधी अभियान’ सञ्चालन गर्ने भएको छ ।
त्यसका लागि उक्त पार्टीले जीएस गुरुङको संयोजकत्वमा जटिल कार्की, अमित खनाल, सम्झना राई, ध्रुव प्रसाद काप्री, मञ्जु मिक्चाङ र दीपक महतोसहितको एक कार्यदल गठन गरेको पार्टीको अध्यक्ष परिषद् अध्यक्ष दुर्गा सोबले जानकारी दिइन् ।
शुक्रबार बसेको राजधानीमा बसेको पार्टी विस्तारित बैठकले वृहत् एकीकरण, ध्रुवीकरण र सहकार्यका लागि वार्ता र संवाद गर्न सबै प्रगतिशील, लोकतान्त्रिक र वामपन्थी शक्तिहरूलाई आह्वान समेत गरेको छ ।
यस्तै तोकिएको समयमा निर्वाचन गराउनका लागि वातावरण बनाउन समेत पार्टीले सबै पक्षसँग आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण