बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

एमाले रामेछापले छान्यो महाधिवेशन प्रतिनिधि (सूचीसहित)

आइतबार, १४ मङ्सिर २०८२, १३ : १७
आइतबार, १४ मङ्सिर २०८२

सारांश

  • रामेछापमा नेकपा एमालेले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ।
  • एमाले रामेछापले १२ जना नेतालाई महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित गरेको हो।
  • निर्वाचित हुनेमा खुल्ला, महिला, युवा र उत्पीडित समूहका नेताहरू रहेका छन्।

रामेछाप । नेकपा एमाले रामेछापले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ । साे पार्टीले आइतबार १२ जना नेतालाई महाधिवेशन प्रतिनिधिका लागि सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित गरेको हो । 

रामेछापबाट ६ जना खुल्ला, महिलातर्फबाट ४ जना, युवाबाट १ र उत्पीडित तर्फबाट १ जना निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुल्लातर्फबाट आनन्दकुमार श्रेष्ठ, इन्द्रबहादुर तामाङ, टङ्कप्रसाद चौंलागाईं, पुरुषोत्तम कडरिया, शान्तिप्रसाद पौडेल, ज्ञानकुमार योञ्जन रहेका छन् ।

महिलातर्फबाट गंगादेवी कार्की, मखमली श्रेष्ठ, शान्ता न्यौपाने सुवेदी र सीताकुमारी खत्री, युवातर्फबाट बलबहादुर माझी र उत्पीडिततर्फबाट सिताराम लोहार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । 

589132762_32549796808001747_2452752549762804152_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप