प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ
आइतबार, १४ मङ्सिर २०८२, १३ : २५
सारांश
- पूर्वी चितवनमा एक जनप्रतिनिधि सहित आठ जना जुवा खेल्दै गर्दा पक्राउ परे।
- पक्राउ पर्नेमा रत्ननगरका वडा अध्यक्ष र अन्य व्यक्तिहरू छन्।
- उनीहरूको साथबाट नगद र तास बरामद गरियो, अनुसन्धान सुरु भयो।
चितवन । पूर्वी चितवनबाट १ जना प्रतिनिधिसहित ८ जना जुवाडे पक्राउ परेका छन् । उनीहरूलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१२ का अध्यक्ष सुन्दरमणि सुवेदी छन्। इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रहरी नायब उपरीक्षक सुवास भट्टका अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–६ का ६० वर्षीय ठाकुरप्रसाद भट्ट, ५६ वर्षीय झलक अमगाई, ५४ वर्षीय सन्तोष लामा, ६६ वर्षीय मोहन दङ्गाल छन् । यस्तै ५५ वर्षीय रामकुमार दङ्गाल, ४९ वर्षीय आशबहादुर गुरुङ र ४८ वर्षीय शिवबहादुर अमगाईं रहेका छन्।
उनीहरूको साथबाट रु ७१ हजार २१० नगदसहित तास बरामद गरिएकाे छ। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएकाे छ। उनीहरूलाई शनिबार साँझ पक्राउ गरिएको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण