शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

एनआरएनएलाई पार्टीको नबनाइदिनुहोला : सञ्चारमन्त्री खरेल

आइतबार, १४ मङ्सिर २०८२, १४ : १०
आइतबार, १४ मङ्सिर २०८२

काठमाडौँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) लाई राजनीतिक दलको नबनाउन आग्रह गरेका छन् ।  आइतबार आयोजित गैर आवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा उनले एनआरएनएका नेताहरू पार्टीको बन्दा समस्या भएको बताएका हुन् । 

उनले एनआरएनएका अभियन्ताहरू राजनीतिक दलमा आबद्ध हुँदा संस्थाको गरिमा नै पछिल्लो समय खस्किँदै गएको बताए । स्थापनाकालको एनआरएनएको जस्तो गरिमा हाल नभएको उनको भनाइ छ । उनले एनआरएनएलाई राजनीतिक दल र राजनीतिमुक्त बनाउने अवसर यही भएको पनि बताए ।

उनले भने,  ‘नेपालमा गैरआवासीय नेपाली संघ भन्ने बित्तिकै यस्तो ओज, यस्तो गरिमा, यस्तो गहकिलोपन, यस्तो विश्वास, सम्मान यहाँहरूले कायम गर्नुभएको थियो । पछिल्ला वर्षहरुमा त्यो खस्किँदै गयो । त्यो किन खस्कियो भन्दाखेरी एनआरएनएका अधिकांश नेता र अधिकांश गुटहरु राजनीतिक दलका गुट र नेता भए । फलानो राजनीतिक दलका एनआरएन, फलानो राजनीतिक दलका एनआरएन भयो ।  तपाईंहरू चोइटिनु भयो,  तपाईंहरूको गरिमा नै स्खलित हुँदै गयो । अब एउटा ठुलो अवसर आएको छ । पार्टीको एनआरएन नबनाइदिनुहोला । एनआरएनएलाई समग्र गैर आवासीय नेपालीको र नेपाली जनताको, यो राष्ट्रको समग्र हितमा राख्नुहोला । पार्टी भन्दामाथि तपाईंहरु उठ्दिनुभयो भने त्यो सम्भव छ ।’ 

उनले गैर आवासीय नेपालीलाई मतदानको व्यवस्था, गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा देखिएको समस्याका बारेमा सरकार गम्भीर रहेको पनि बताए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप