आगामी पुसमा आठौँ पर्वत महोत्सव हुने
सारांश
- आगामी पुसमा पर्वतमा आठौँ पर्वत महोत्सव हुने भएको छ, जसले गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्नेछ।
- महोत्सव पर्वत उद्योग वाणिज्य सङ्घले आयोजना गर्नेछ, र यस वर्ष 'समृद्ध पर्वत, हाम्रो चाहना' नाराका साथ मनाइनेछ।
- यस महोत्सवको लक्ष्य गण्डकी प्रदेशका लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमको प्रचारप्रसार, प्रवर्द्धन र बिक्री व्यवस्थापन गर्नु हो।
पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्वतमा आठौँ पर्वत महोत्सव गरिने भएको छ । पर्वत उद्योग वाणिज्य सङ्घले हरेक तीन वर्षमा आयोजना गर्दै आएको महोत्सव आगामी पुस ९ गतेदेखि १९ गतेसम्म हुने भनिएको छ ।
सङ्घ स्थापना भएको ५० वर्ष पुगेको अवसरमा आठौँ पर्वत महोत्सव आयोजना गरिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक ठाकुर बी पौडेलले जानकारी दिए ।
महोत्सवका बारेमा जानकारी दिन आज बिहान उद्योग आयोजित पत्रकार सम्मेलनमा उनी 'समृद्ध पर्वत, हाम्रो चाहना' भन्ने नाराका साथ यस वर्षको महोत्सव आयोजना गर्न लागिएको बताए ।
गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना हुने महोत्सवको लक्ष्य शान्ति र सद्भाव प्रवाह गरी गण्डकी प्रदेशको लघु, घरेलु, कृषि, वन र पशुजन्य उद्यमको प्रचारप्रसार, प्रवर्द्धन र बिक्री व्यवस्थापन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण