गृहमन्त्री अर्यालद्वारा गौरीफन्टा नाकाको निरीक्षण
सोमबार, १५ मङ्सिर २०८२, १७ : २१
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सीमानामा पर्ने गौरीफन्टा नाकाको निरीक्षण गरेका छन् । सोमबार उनले उक्त नाकाकाे निरीक्षण गरेका हुन् ।
मङ्गलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन मन्त्री अर्याल सुदूरपश्चिम गएका छन् । उनले त्रिनगर भन्सार र सशस्त्र प्रहरीको कञ्चनपुर स्थित डोके बोर्डर आउट पोस्टको पनि स्थलगत निरीक्षण गरे ।
मन्त्री अर्यालले नाकाबाट हुने राजस्व चुहावट नियन्त्रणमा कडाइ गर्न भन्सार प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । सीमानाबाट हुने चेलीबेटी बेचबिखन नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न मन्त्री अर्यालले सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण