पोखरा पुगेका सुदन गृहमन्त्रीमाथि खनिए – एक्सपर्ट भनाउँदाहरू सबै पदका लागि रहेछन्
सारांश
- जेनजी अभियानकर्मी सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याललाई कानुनी सल्लाह दिएर आफैँ मन्त्री बनेको आरोप लगाए।
- उनले अर्यालको गलत सल्लाहका कारण देशले निकास पाउन नसकेको र जेनजीको माग पूरा नभएको बताए।
- गुरुङले देशको सुधारका लागि आफूहरूले पद त्यागेको र युवा पुस्ताको माग पूरा नभएको गुनासो गरे।
पोखरा । जेनजी अभियानकर्मी सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल कानुनी सल्लाह दिन आएर आफै मन्त्री बनेको आरोप लगाएका छन् ।
पोखरामा तमु छोंज धींले आयोजना गरेको सम्मान कार्यक्रममा उनले अर्यालकै गलत सल्लाहका कारण देशले निकासको बाटो पहिल्याउन नसकेको दाबी गरे । ‘अब कसलाई विश्वास गर्ने ? सबै एक्सपर्ट भनाउँदाहरू कोही मन्त्रीका लागि आउँछन्, कोही पदका लागि आउँछन्,’ उनले भने, ‘सल्लाहकारहरू यति स्वार्थी छन् कि आज गृहमन्त्रीको पदमा बसिरहनुभएको छ, ओमप्रकाश अर्याल बच्चाको रगतमा।’
अर्यालले सही समयमा सही सल्लाह दिएको भए आगामी निर्वाचन फरक हिसाबले हुन सक्ने उनले बताए । ‘उहाँले कानुनी सल्लाहकार भएर हामीलाई गुमराहमा राख्नुभयो र आज रगत लागेको बच्चाको पदमा बसेर सानसँग गफ हाँकिरहनुभएको छ,’ उनले भने, ‘संविधान यसरी नै रह्यो भने र संशोधन गर्न सकिएन भने जेनजीको माग पूरा हुँदैन भनेर सल्लाह दिन सक्नुहुन्थ्यो । उहाँले हामीलाई सही सल्लाह दिनुभएन ।’
जेनजी पुस्ताको फोन बालेन्द्र शाह र हर्क साम्पाङले नउठाएपछि सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइएको गुरुङको तर्क छ । ‘मलाई जेनजीले म्यान्डेट दिएको कुरा हो । कसलाई प्रधानमन्त्री बनाउन चाहनुहुन्छ भनेर सोध्दा हामी सुशीला कार्कीलाई बनाउन चाहन्छौँ किनभने बालेन्द्र शाह र हर्क साम्पाङले फोन उठाएनन् भन्नुभयो,’ अघि थपे, ‘त्यो भनिसकेपछि मलाई मेरा भाइबहिनीले अभिभावकको रूपमा एउटा जिम्मेवारी दिइसकेपछि, उहाँलाई प्रधानमन्त्री बनाउने मेरो जिम्मेवारी हो, बनाएँ ।’
देशको सुधारका लागि आफूहरूले प्राप्त गरेको पदसमेत त्यागेको गुरुङले बताए । ‘अवसर पाउँदाखेरि हामीले पद त्यागेको हो । हामी युवाहरूको मन कति ठुलो होला ?,’ उनले थपे, ‘हामीले प्रधानमन्त्रीको पद त्यागेको, मन्त्रीको पद त्यागेको । त्यो पद देशका लागि त्यागेको हो ।’ अहिलेसम्म देशको नेतृत्व गर्नेहरूले विकास र समृद्धिमा कुनै योगदान नगरेपछि बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ । सुदनले आफूलाई आतंककारीको संज्ञा दिइएको भन्दै जेल जान पनि तयार रहेको पनि बताए ।
‘२३ गते सत्तामा को थियो ? त्यो दिन बन्दुक बोक्ने तपाईंहरू हुनुहुन्थ्यो अनि आतंककारी हामीलाई भन्दै हुनुहुन्छ । १७, १८ वर्षका बच्चाहरू आतंककारी हुन् भन्नुभएको छ,’ गुरुङले भने, ‘बन्दुक बोक्नेहरू, भ्रष्टाचार गर्नेहरू चाहिँ देशप्रेमीरु हाम्रो देश समृद्ध हुन सक्थ्यो, विश्वले सम्मान गर्न सक्थ्यो, त्यो गुमायौँ । समृद्ध नेपाल हेर्न पाइयोस् भनेर आन्दोलन गरिएको हो ।’ उनले आफू गुरुङ भएकै कारण पहिचानमाथि प्रश्न उठाइएको पनि बताए ।
गुरुङ भर्खरै जन्मगाउँ गोरखाको न्याकचेत पुगेर फर्किएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण