पुस महिनाभित्र महाधिवेशन सम्भव छ, सफल पार्न सबै जिम्मेवार बन्नुपर्छ : प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुस महिनाभित्र महाधिवेशन सम्भव भएको उल्लेख गर्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
पार्टी बैठकको दोस्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै उनले दुःख प्रकट गरे ।
आफूलाई निर्णय भए लगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर संशय व्यक्त गरेको प्रसङ्ग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दोहोर्याए ।
‘मैले कात्तिक ३० गते नै तालिका बनाएर अघि बढे महाधिवेशन सम्भव छ, बैठक लामो नचलाऔँ बाँकी अवधिमा महाधिवेशन गर्न सकिन्छ भनेर प्रस्ताव लगेको थिएँ,’ नेता पौडेलले सोमबार भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,‘तर यसलाई गम्भीर रूपमा लिन नसक्दा डेढ महिना अनावश्यक समय खेर फालियो ।’
केन्द्रीय सदस्य पौडेलले बैठकमा कार्यतालिकासहित पुस महिनाभित्र महाधिवेशन गर्न सकिने लिखित प्रस्ताव दर्ता गरेका थिए ।
पछि महामन्त्रीबाट समेत सोही अनुसार प्रस्ताव आएको भन्दै नेता पौडेलले भने,‘ पछि महामन्त्रीको प्रस्ताव पनि पुस भित्रै सम्पन्न गर्ने गरी आयो । तर, त्यतिबेला निर्णय हुन सकेन । त्यतिबेला निर्णय भएको भए समयको त्यति चाप पर्ने थिएन ।’
तोकिएकै मितिमा महाधिवेशन सम्भव भएको भन्दै नेता पौडेलले तर त्यसका लागि सबै युद्धमा जस्तै गरी काम गर्न तयार रहनुपर्ने बताए ।
महाधिवेशनका लागि सबैभन्दा महत्त्वपूर्ण पाटो सदस्यता नवीकरण र वितरण भएको भन्दै यसपालिको व्यवस्थाले विगतमा जस्तो विवाद र समय नलगाउने विश्वास गरे ।
सबै मिलेर महाधिवेशन सम्पन्न गर्नुमा नै कांग्रेसलाई लाभ हुने भन्दै नेता पौडेलले सक्रियताका साथ महाधिवेशन सम्पन्न गर्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।
सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण