रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ
बुधबार, १७ मङ्सिर २०८२, १३ : ३०
सारांश
- रौतहटको ईशनाथ नगरपालिकामा नक्कली नोटसहित ३ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा देवाही गोनाही र भारतका नागरिकहरू छन्।
- प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ, र मोटरसाइकल पनि बरामद गरेको छ।
रौतहट । रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको ईशनाथ नगरपालिका–४ लत्मरी टोलबाट नेपाली १ हजार दरका १ सय १८ थान नक्कली नोटसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा देवाही गोनाही नगरपालिका–४ बस्ने २० वर्षीय अजय पटेल, २१ वर्षीय गेनालाल पटेल र भारत बिहार मोतिहारी पूर्वी चम्पारण–२ कुडवा चैनपुर बस्ने २३ वर्षीय जयप्रकाश कुमार रहेका छन् ।
प्रहरी चौकी मठिया महुलिया समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नोटसहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बीआर ०५ एटि ०९८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४७ अर्ब ६१ करोड, जेठमा २ अर्ब २९ करोड
-
डीएभी कलेजको भवनबाट हामफालेका विद्यार्थीको उपचारको क्रममा मृत्यु
-
विज्ञ अर्थमन्त्रीले ल्याएको बजेटले दुरदराज देखेनः सांसद महर
-
कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण