सूर्यविनायक–साँगा सडक विस्तार कार्य सुस्त
सारांश
- सूर्यविनायक–साँगा सडक विस्तारको काम निकै सुस्त गतिमा अघि बढेको छ।
- ३४ महिनामा जम्मा ३८ प्रतिशत मात्र काम सम्पन्न भएको छ, जबकि म्याद थपिने सम्भावना छ।
- मुआब्जा विवाद र घर टहरा हटाउन ढिलाइ हुँदा निर्माण प्रभावित भएको छ।
भक्तपुर । सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारको काम अत्यन्त सुस्त हुँदा ३८ प्रतिशत काम मात्रै सम्पन्न भएको छ । आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ गते निर्माण सुरु भएको ७.५ किलोमिटर लामो सुर्यविनायक–साँगा सडक सुधार तथा विस्तार परियोजनामा ३४ महिनासम्म पनि जम्मा ३८ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।
तीन वर्षमै सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता भए पनि दुई महिना मात्र बाँकी रहँदा अझै ६२ प्रतिशत निर्माण कार्य बाँकी रहेको आयोजनाका इन्जिनियर विवेक पाण्डेले जानकारी दिए ।
इन्जिनियर पाण्डेले तोकिएको समयमै काम पूरा गर्न नसकिने बताउँदै सूर्यविनायक–साँगा खण्डमा पर्ने घर–टहरा हटाउन र मुआब्जामा विवाद देखिएपछि निर्माण कार्यनै प्रभावित भएको उनले जानकारी दिए । सडक विस्तार आयोजना र ठेकेदार कम्पनीबिच निर्माण कार्यको म्याद थप गर्नेबारे छलफल भइरहेको जानकारी दिँदै इन्जिनियर पाण्डेले म्याद थप भएमा असार मसान्तसम्म सूर्यविनायक–साँगा खण्डमा कालोपत्र गर्ने कार्य सम्पन्न गर्न सकिने बताए ।
सडक विस्तारमा सुस्ताएसँगै काभ्रेपलाञ्चोकको धुलिखेल भक्तपुर हुँदै काठमाडौँ प्रवेश गर्ने दैनिक यात्रुहरूले सास्ती बेहोर्नुपरेको छ । सडक निर्माणको दोस्रो खण्ड साँगा–धुलिखेलको ८.३ किमी सडक अहिले तीव्र गतिमा कालोपत्रेको काम भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
-
वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
-
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाले दिए उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण