राजनीति
राप्रपा मधेसकी सांसद विच्छाको पद गयो
पार्टीको नीति विपरित बनेकी थिइन् मन्त्री
शुक्रबार, १९ मङ्सिर २०८२, १५ : ०३
सारांश
- राप्रपाकी सांसद कञ्चन विच्छालाई मधेस प्रदेश सभाले पदमुक्त गरेको छ।
- पार्टीको नीति विपरित काम गरेको र अनुशासन उल्लंघन गरेको आरोप लागेको थियो।
- राप्रपाले उनलाई ६ महिनाका लागि साधारण सदस्यबाट निष्कासन गरेको थियो।
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेसकी सांसद कञ्चन विच्छाको पद गएको छ । मधेस प्रदेश सभाले शुक्रबार विच्छालाई सांसद पदबाट हटाएकाे सूचना जारी गरेकाे हाे ।
उनी पार्टीको मधेश प्रदेशका महिला तर्फ समानुपातिक प्रदेश सभा सदस्य थिइन् । पार्टीको नीति विपरित मन्त्री बनेकी थिइन् ।
अनुशासन उल्लंघन गरेकाले पार्टीको विधान २०४८ (संशोधन सहित) अनुसार ६ महिना साधारण सदस्यबाट निष्कासन गरी विच्छालाई प्रदेश सभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरेकाे थियाे ।
विच्छालाई राजनैतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३४ बमोजिम निजलाई प्रदेश सभा सदस्यबाट निष्काशन गरिएकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र बोर्डमा पदाधिकारीका लागि आवेदन
-
बेइजिङमा परराष्ट्रमन्त्री खनाल र चिनियाँ नेता वाङ बिच भेटवार्ता
-
रास्वपाले ६०९ पालिका र ६४ जिल्लामा सक्यो अधिवेशन
-
पूर्वाधार विकास समितिमा मन्त्री गएनन्, बैठक निष्कर्षविहीन
-
सर्लाहीको कबिलासीमा विकास योजनामाथि प्रश्न : स्टिमेट एकातिर, कार्यान्वयन अर्कैतिर
-
होल्डिङ सेन्टरका सुकुमबासी भोकभोकै, कैदीजस्तै थुनिएको गुनासो (भिडियोसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण