उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठको राजीनामा
शनिबार, २० मङ्सिर २०८२, ०८ : ५५
सारांश
- विद्या श्रेष्ठले उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएकी छिन्।
- उनले हेटौंडामा भएको सडक विस्तारको विरोध गर्दै राजीनामा दिएकी हुन्।
- उनले सरकारले बल प्रयोग गरेर मानव अधिकार विरोधी काम गरेको आरोप लगाएकी छिन्।
काठमाडौँ । उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले राजीनामा घोषणा गरेकी छिन् । आज सामाजिक सञ्जालमार्फत उनले राजीनामा घोषणा गरेकी हुन् ।
हेटौडामा भएको सडक विस्तारको विरोध गर्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।
उनले लेखेकी छिन्– 'म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु।अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु । '
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण