मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ आइतबार
शनिबार, २० मङ्सिर २०८२, ०९ : १४
सारांश
- मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुँदैछ।
- यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
- नेकपा एमालेका सरोज यादवले राजीनामा दिएपछि यादव मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
काठमाडौँ । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ । यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
भोलि बिहानको १०ः३० बजे शपथग्रहणको तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जानकारी दिएको छ ।
नेकपा एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि सो पदमा कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आएका थिए। लामो छलफलपछि यादवको नाममा सात दलले सहमति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
-
ट्रम्पले भने, ‘इरानसँग सम्झौता भइसकेको छ, चाँडै नै सार्वजनिक हुन्छ’
-
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण