दुर्घटनामा चालकको मृत्यु भएपछि रौतहटको चपुरमा राजमार्ग अवरुद्ध (तस्बिरहरू)
सारांश
- रौतहटको चन्द्रनिगाहपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले राजमार्ग बन्द गरेका छन्।
- मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिबारे छलफल भएपनि सहमति जुट्न नसकेपछि राजमार्ग अवरुद्ध भएको हो।
- राजमार्ग बन्द हुँदा सयौं सवारी साधन अलपत्र परेका छन् र मृतकका आफन्तले टायर बालेर विरोध गरिरहेका छन्।
रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । शुक्रबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि पीडितका आफन्तले क्षतिपूर्ति माग्दै सडक अवरुद्ध पारेका हुन् ।
_nLWhQmFjAv.jpg)
चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुलनजिक चपुर–गौर खण्डमा गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना ३९ प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
_orNW4wKxMl.jpg)
घटनापछि मृतकका परिवार र बस सञ्चालकबिच क्षतिपूर्तिको विषयमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा छलफल भएको थियो । बस धनीको तर्फबाट कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखे पछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका हुन् । राजमार्ग बन्दका कारण चन्द्रनिगाहपुर चोकमा सयौं सवारी अलपत्र परेका छन् । मृतकका आफन्त सडकमा टायर बालेर बसेका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_2NtpwJ5p7f.jpg)
_qdDUTvGU5G.jpg)
_Gq7QGBoPcg.jpg)
_Bf1RXZiaoa.jpg)
_eanluLzvEy.jpg)
_ZZxzYYCeh1.jpg)
_o7e9CHSm62.jpg)
_39jl98tFjX.jpg)
_IFLz1NdcqN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
-
अमेरिका-इरान शान्ति सम्झौताको पर्खाइमा सुनको मूल्य स्थिर
-
सेनाद्वारा सुदूरका बीस विद्यालयमा सेवादल तालिम
-
तराईमा ४० डिग्रीसम्मको गर्मी, काठमाडौँसहित पहाडी भेगमा वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण